Comments Add Comment

Advertisment

SKIP THIS

लहानबाट प्रहरीले प्रतिबन्धित लागूऔषध र नगद रकमसहित तीन बाबुछोरालाई पक्राउ

काठमाडौं : सिरहाको लहानबाट प्रहरीले प्रतिबन्धित लागूऔषध र नगद रकमसहित तीन बाबुछोरालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शुक्रबार अपरान्ह लहान नगरपालिका ८ रघुनाथपुरस्थित डेराबाट प्रहरीले ५५ वर्षीय राजकुमार ठाकुर र उनका छोराहरु २९ वर्षीय प्रमोदकुमार ठाकुर तथा २५ वर्षीय राकेशकुमार ठाकुरलाई लागूऔषध र नगदसहित पक्राउ गरिएको छ ।

डेराबाट लागूऔषधको कारोबार गरिरहेको गोप्य सूचनाको आधारमा लागूऔषध ब्युरो जनकपुर शाखा कार्यालय गोलबजार र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको संयुक्त टोलीले तीन जनालाई पक्राउ गरिएको सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रविन्द्रराज पाण्डेले जानकारी दिए ।

लहान नगरपालिका ७ स्थायी घर भई लहान ८ मा डेरा गरी बस्दै आएका तीन बाबु छोराले डेरामा लुकाएर राखेको एक लाख ३९ हजार रुपैयाँ नगद र एक सय एमएलको कोडबिल १५ बोतल, एक सय एमएलको विक्सडिन ६५ बोतल, ६/६ एम्पुल डाईजिपाम र नुरफ्रेन तथा सात एम्पुल फेनारगन बरामद भएको उनले बताए ।नगद र लागूऔषधसहित पक्राउ गरिएका तीन जनालाई लहान प्रहरीमा राखेर थप अनुसन्धान भईरहेको प्रहीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै