३ असोज , काठमाडौ । साफ महिला च्याम्पियनसिपको फाइनलमा नेपाल बंगलादेशसँग २-० ले पछि परेको छ ।
दशरथ रंगशालामा जारी फाइनल खेलको १४ औं मिनेटमा पहिलो गोल गरेको बंगलादेशले ४२ औं मिनेटमा दोश्रो गोल थपेको हो ।
ल्मोनिका चक्माको पासमा सामसुन्नाहरले गोल गरेर बंगलादेशलाई अग्रता दिलाएकी हुन् । यस्तै ४२ औं मिनेटमा कृष्णरानी सरकारले अर्को गोल गरिन् । नेपालबाट आज भारतलाई हराउने टिमलाई नै पहिलो रोजाईमा मैदान उतारेको छ ।