Comments Add Comment

Advertisment

SKIP THIS

मुख्यमन्त्री भट्ट : स्वास्थ्यका मापदण्ड पालना गरी तीज मनाउन आग्रह

१४ भदौ , काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले हरितालिका तीजको मौलिकता कायम राख्दै स्वास्थ्यका मापदण्ड पालना गरी मनाउन आग्रह गरेका छन्।

नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले नेपाली समाजमा रहेका सबै खाले विभेद एवं हिंसा अन्त्य र समतामूलक समाज निर्माणका लागि महिलाले निर्वाह गरेको भूमिकाको उच्च सम्मान प्रकट गरेका छन्।

देखावटी तडकभडक एवं खर्चिलोपनलाई हटाउँदै आफ्नो मौलिकतामा तीज मनाउनुपर्नेमा जोड दिँदै मुख्यमन्त्री भट्टले आफ्नो मौलिकताको तीज पर्वमा खुसी साटासाटका साथै सामाजिक, सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउन सघाउ पुगोस् भन्ने कामना व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै