Comments Add Comment

Advertisment

SKIP THIS

स-साना भाइबहिनीहरूलाई मास्क लगाउदै : प्रमुख प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा

२३ साउन , काठमाडौ । दोस्रो लहर कोरोना बढ्दै गर्दा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले सञ्चालन गरेको मास्क खै अभियानलाई अर्घाखाँची प्रहरीले सक्रियता पुर्वक सञ्चालन गरेको छ ।

अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले ससाना भाइ बहिनीहरूलाई मास्क लगाउदै कोरोना महामारी रोकथामका उपाए सिकाउनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले कोरोना संक्रमण नियन्त्रणका लागि मास्क अनिवार्य भएकोले सोही अनुरुप अभियान सञ्चालन भईरहेको बताए ।

उनका अनुसार ‘तपाईंको मास्क खै ? अनिवार्य मास्क लगाउनु है’, अर्घाखाँची जिल्लाभर सञ्चालन गरिएको छ । जिल्ला प्रशासनको आदेश अनुसार अभियानलाई नियमित रुपमा जारी राख्ने प्रहरीले जनाएको छ ।

‘पहिलो चरणमा कोरोना नियन्त्रणका लागि मास्क लगाउन सम्झाई बुझाई गर्ने गरेका छौँ ।’ प्रहरी निरिक्षक माझीले भने ‘मास्क प्रयोग गर्न अटेरी गरे प्रशासन कार्यालयको निणर्य अनुसार जरिवाना गरि मास्क वितरण गरिरहेको छौँ ।’ प्रहरीले बजार र आसपासका क्षेत्रमा कोरोना सङ्क्रमण न्यूनीकरणका उपाय अपनाउन माइकिङसमेत गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment