२० माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसारथप ३ हजार १ सय ७५ जनामा कोरोनासंक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ६२ हजार ५ सय १७ जना पुगेको छ । आजसम्म सक्रिय संक्रमितको संख्या ६३ हजार २ सय ९६ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज ८ हजार ७ सय २३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ८ लाख ८७ हजार ४ सय ४३ जना रहेको छ । आज १२ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ७ सय ७८ जना पुगेको छ ।



