२३ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप १ हजार ३ सय ८६ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ९ लाख ६६ हजार ४ सय ५ जना पुगेको छ । आजसम्म सक्रिय संक्रमितको संख्या ४५ हजार २ सय ४८ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज ८ हजार ७ सय ४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ९ लाख ९३ हजार ४३ जना रहेको छ । आज ११ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार ८ सय १४ जना पुगेको छ ।


