३ फागुन, काठमाडौं । यातायात व्यवसायी र मजदुरले विभिन्न माग राख्दै गरेको आन्दोलन र आजको यातायात बन्दलाई समर्थन गर्दै राइड सेयरिङ एप ट्याक्सीमाण्डुले यात्रुहरुको असुविधालाई ध्यानमा राख्दै बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका लागि निशुल्क सेवा सञ्चालनमा ल्याएको छ ।
ट्याक्सीमाण्डु सम्पुर्णरुपमा स्वदेशी लगानीमा सञ्चालित राइड सेयरिङ एप भएकाले पनि सामाजिक उत्तरदायित्व अन्तर्गत रहेर यात्रुका सुविधाका लागि सार्वजनिक यातायात नभएको अवस्थामा आज एक दिन निशूल्क गरिएको कम्पनीले जनाएको छ ।







