Comments Add Comment

Advertisment

SKIP THIS

यौन दुर्व्यवहार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ

२५ बैशाख , काठमाडौं । तेह्रथुममा यौन दुर्व्यवहार गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार १५ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा लालीगुराँस नगरपलिका–३, मुसाङखेल बस्ने १९ वर्षीय अनिश बस्नेतलाई पक्राउ गरेको हो ।

बस्नेतले ती किशोरीलाई घरनजिकैको बारीमा हातपात गरी यौन दुर्व्यवहार गरेको उजुरीपछि इलाका प्रहरी कार्यालय वसन्तपुरबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी सोधपुछ गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment