Comments Add Comment

Advertisment

SKIP THIS

एक हजारको नक्कली नोटसहित भक्तपुरबाट एक जनालाई प्रहरीले पक्राउ

२७ असार , काठमाडौं । एक हजारको १३ वटा नक्कली नोटसहित भक्तपुरबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सूर्यविनायक – ८ भुलाँचा चोक राष्ट्रिय वाणिज्य बैंक पछाडी घर भएका ३० वर्षीय निर विकार प्रजापतिलाई महानगरीय प्रहरी वृत्त जगातीको टोलीले पक्राउ गरेको हो ।

आइतबार दिउँसो साढे १२ बजे सक्कली जस्तो देखिने एक हजारको नोटसहित प्रजापतिलाई नियन्त्रणमा लिई थप आवश्य अनुसन्धानका लागि जगाती वृत्तमा राखिएको महानगरिय प्रहरी वृत्त जगातीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment