Comments Add Comment

Advertisment

SKIP THIS

काठमाडौंको न्युरोडमा पुरूषको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ

१६ कार्तिक , काठमाडौं । काठमाडौंको न्युरोडमा पुरूषको हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

मंगलबार बिहान काठमाडौं महानगरपालिका-२४ जुद्ध शालिक नजिकै एक पुरूष मृत फेला परेका थिए।

उनको हत्या आरोपमा शंकास्पद एक जनालाई न्युरोड क्षेत्रबाटै बुधबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले जानकारी दिए।

प्रहरीले पक्राउ परेका व्यक्‍तिको पहिचान भने खुलाएको छैन।

यता मृतकको पनि पहिचान भने नखुलेको एसपी मैनालीले बताए। मृतक न्युरोड क्षेत्रमै मजदुरी गर्ने व्यक्ति थिए। मृतकको निधारमा चोट देखिएको थियो।

प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment