३० चैत , काठमाडौं । मोरङको विराटनगर महानगरपालिका–१५ रानीस्थित नम्बर १ घाट ईलाकाबाट एउटा मानव खप्पर तथा शरीरका विभिन्न हड्डीसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल बीओपी रानीबाट गस्तीमा खटिएको सशस्त्र प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका निजलाई शंका लागि जाँच गर्दा झोलामा उक्त मानव खप्पर तथा शरीरका विभिन्न हड्डीसहित भारतमा घर बताउने २६ वर्षीय आदित्य चिन्हालाई पक्राउ गरेको हो । पक्राउ परेका उनलाई बरामद हड्डीसहित आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइएको छ ।





