Comments Add Comment

Advertisment

SKIP THIS

नक्कली नोटसहित भक्तपुरको ठिमीबाट एक जना पक्राउ

३१ भाद्र , काठमाडौ । नक्कली नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

नेपाली एक हजार रुपैयाँका ११५ थान नोटसहित प्रहरीले एक जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सिन्धुपल्चोकको सुनकोशी गाउँपालिका३ घर भै हाल भक्तपुर ठिमी बस्दै आएका ३१ वर्षीय रमेश रोक्का रहेका छन्।

ललितपुर प्रहरीका अनुसार ललितपुर महानगरपालिका-८ सौगलमा उनले भाडामा लिएको कोठाबाट एक हजार दरका ११५ थान नक्कली नोट र फोटोकपी मशिनसहित नियन्त्रणमा लिइएको हो ।

रोक्कालाई ललितपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै