Comments Add Comment

Advertisment

SKIP THIS

झापामा मोटरसाईकल दुर्घटनाहुदा एक जनाको मृत्यु

२३ असोज , काठमाडौ । झापा अर्जुनधारा नगरपालिका २ भेलेनी चौक छेउ स्थित भित्री सडक खण्डमा मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा चालकको घटना स्थलमानै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाईकल चालक झापा अर्जुनधारा नगरपालिका ६ का ३० बर्षीय निरज तामाङ रहेका छन् ।

हिजो बेलुका ४ बजे खुदुनाबारीबाट शनिश्चरे जादै गरेको मोटरसाईकल ४ प. २८१५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई कल्भर्टमा ठोकी दुर्घटना हुँदा चालक तामाङको घटनास्थलमानै मृत्यु भएको हो ।

घटनाबारे ईलाका प्रहरी कार्यालय अनामनीबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै