Comments Add Comment

Advertisment

SKIP THIS

नेपाल प्रहरीमा ९६ इन्स्पेक्टर र २६० असईका लागि नयाँ भर्ना खुल्यो (सूचनासहित)

६ कात्तिक, काठमाडौ ।  नेपाल प्रहरीमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) र प्रहरी सहायक प्रहरी निरीक्षक (असई)मा नयाँ भर्ना खुलेको छ ।

नेपाल प्रहरी प्रधान कार्यालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै ९६ जना इन्स्पेक्टर र २६० जना असईका लागि नयाँ भर्ना खुलेको जनाएको छ ।

जारी सूचनामा जनपद प्रहरी समूहतर्फ इन्स्पेक्टर र असई पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको उल्लेख छ ।

प्रहरी निरीक्षक पदमा दरखास्त दिने उम्मेदवार स्नातक उत्तीर्ण हुनुपर्ने र प्रहरी सहायक निरीक्षक पदमा दरखास्त दिने उम्मेदवार प्रमाणपत्र वा सो सरह उत्तीर्ण हुनुपर्ने गरी शैक्षिक योग्यता तोकिएको छ ।

प्रहरी निरीक्षक पदका लागि २० वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनुपर्ने छ भने प्रहरी सहायक निरीक्षक पदका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको हुनुपर्ने छ ।

आगामी मङ्सिर २९ गतेभित्र योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

ins_111697772757.png

ins_21697772769.png

ins_41697772778.png

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै