५ साउन , काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल नम्बर १९ गण हेक्वा (विशेष कार्यदल) बगलामुखी काठमाडौंमा संचालित सि.सं. ८ स्नाइपर तालिम सम्पन्न भएको छ । उक्त तालिमको सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक बिनोदराज श्रेष्ठले साउन ४ गते सोहि गणमा आयोजित एक कार्यक्रमका बीच समापन गर्नुभएको हो । सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक श्रेष्ठले तालिममा सर्वोत्कृष्ट सशस्त्र प्रहरी जवान नविन आले र चाँदमारीतर्फ सर्वप्रथम हुनुभएका सशस्त्र प्रहरी जवान सरोज कुमार रामलाई पुरस्कार प्रदान गर्नुकासाथै तालिम सफलतापूर्वक सम्पन्न गर्ने सम्पूर्ण प्रशिक्षार्थीहरुलाई हार्दिक बधाई दिनुभयो ।

उहाँले यस्ता तालिमले फौजमा निखारपन ल्याई शारीरिक र मानसिक रुपमा चुस्त र दुरुस्त राख्ने बताउनुहँुदै प्रशिक्षार्थीहरुले तालिममा सिकेका ज्ञान, सिपलाई कार्यक्षेत्रमा पूर्ण व्यवसायिक भई कार्यसम्पादनको क्रममा उपयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
त्यसअवसरमा सशस्त्र प्रहरी निरीक्षक विजय कुमार डाँगीले तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभएको हो । पाँच हप्ता अवधिको उक्त तालिम १ जना महिला सहित कुल ३६ जना सशस्त्र प्रहरी कर्मचारीहरुले सफलतापुर्वक सम्पन्न गरेका छन् ।
कार्यक्रममा सो गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक हर्कराज पन्त, सिनियर तथा जुनियर अधिकृत लगायत सशस्त्र प्रहरी विल्लादार तथा जवानहरुको उपस्थिती रहेको थियो ।






