Comments Add Comment

Advertisment

SKIP THIS

युक्रेनको लिभ पुगिन् एन्जेलिना

१९ बैशाख , काठमाडौं । एन्जेलिना जोली गत शनिबार युक्रेनस्थित लिभ सहरमा युक्रेन र रुसबीचको युद्धमा घरबार विहीन भएका नागरिकहरूसँग भेटघाट गरेकी थिइन् ।

उनी UNHCR कि दूत रहेता पनि दूतकै हैसियतमा त्यहाँ पुगेकी हुन् कि हैनन् भन्ने कुरा खुलाइएको भने छैन् ।

लिभका रिजनल गभर्नर ‘म्याक्सिम कोजित्स्की’ ले टेलिग्राममा जोलीको स्वैच्छिक कार्यकर्तासँगको फोटो र बालबालिकाहरुसँग खेलिरहेको भिडियो पोष्ट गर्दै, उनीहरु सबैका लागी जोलीको उपस्थिति आश्चर्यजनक रहेको बताएका छन् । जोलीले त्यहाँबाट बिस्थापित भएका र भाग्दै गरेका केही स्वैच्छिक कार्यकर्ताहरुसँग कुरा गर्दै मानसिक सहयोग र हौसला समेत दिएकी थिइन् ।

जोलीले एक अस्पतालमा क्रेमाटर्क्स स्टेसनमा भएको बमबारीका क्रममा घाइते भएका बालबालिकाहरुसँग पनि भेट गरेकी छिन् । गभर्नरका अनुसार उक्त बमबारीमा ५० भन्दा बढि नागरिकहरूको बाँच्नका लागी गरिएको भागदौडका क्रममा मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै