०७ बैशाख , काठमाडौं । बर्ष १३ कि नावालिका परिवर्तित नाम ‘महाराजगञ्ज ३३३ (क)’ को अभिभावकले जि.प्र.का. पाल्पामा आफ्नी नावालिका छोरी हराएकोले खोजतलास गरी पाऊँ भनि निवेदन दिनु भएको ।
जिल्ला प्रहरी परिसर काठमाण्डौ र मातहत बृत्त तथा प्रभागहरु मार्फत निज नावालिकाको खोज तलास गर्ने कार्यलाई तिब्रता प्रदान गरिएको ।
मिति २०७९।०१।०५ गते का.जि चन्द्रागिरी न.पा.८ स्थित मातातिर्थमा निज नावालिकालाई फेला पारी सोधपुछ गर्दा निज परिवर्तिति नाम महाराजगञ्ज ३३३ (क) को महेश उदाश भन्ने ब्यक्तिसँग बिगत १ बर्षदेखि ‘फ्री फायर’ गेम खेल्ने क्रममा चिनजान भएको ।
महेश उदाश र निज नावालिका बीच क्रमश: फेसबुक, म्यासेञ्जरमा भिडियो कल तथा म्यासेजहरु मार्फत कुराकानी भई मोबाइलमा समेत कुराकानी हुँदा निज नावालिकालाई विवाह गर्ने लगायतको आश्वासन दिई मिति २०७८।१२।२९ गते पाल्पाबाट मोटरसाइकलमा राखि काठमाण्डौ ल्याई मिति २०७८।१२।३० गते राती का.जि. टोखा न.पा.६ स्थित बसुन्धरामा राखी जबरजस्ती करणी गरेको ।
पीडितको अभिभावकको जाहेरी पर्न आए पश्चात प्रहरी द्वारा तत्कालै अनुसन्धान शुरु गरी निज प्रतिवादी महेश उदाशको खोजी कार्यमा तिब्रता दिइएको ।
मिति २०७८।०१।०५ गते अनुसन्धानको बिविध बिधि र प्रविधिको प्रयोग गरी प्रहरी द्वारा का.जि चन्द्रागिरी न.पा. वडा नं. ८ स्थित मातातिर्थबाट ऐ. ऐ. बस्ने निज पीडक बर्ष अं. २७ को महेश उदाशलाई प्रहरी द्वारा नियन्त्रणमा लिइएको ।
घटनाको सम्बन्धमा निज पीडक महेश उदाश उपर मुलुकी अपराध (संहिता) ऐन, २०७४ को परिच्छेद-१८ को देहाय ‘२१९ को जवरजस्ती करणी गर्न नहुने’ कसूरमा सम्मानीत काठमाण्डौ जिल्ला अदालतबाट दिन- १० को म्याद थप अनुमति लिई प्रहरी बृत्त महाराजगञ्जबाट थप अनुसन्धान कार्य भई रहेको ।






