Comments Add Comment

Advertisment

SKIP THIS

एमालेभित्र इमान्दार नेता नेतृत्वको बन्दी भएका छन् : प्रचण्ड

०१ बैशाख , काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेभित्रका इमान्दार नेता नेतृत्वको बन्दी भएको बताएका छन् ।

बिहीबार खुमलटारस्थित आफ्नै निवासमा आयोजित माओवादी ध्रुवीकरण तथा एकता कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले एमालेभित्रका इमान्दार नेता कार्यकर्ताको नेतृत्व आफूले गर्ने समेत बताए ।

अध्यक्ष प्रचण्डले भने, ‘एमालेका सबै खराब छन् भन्ने सोच्नुहुँदैन । एमालेभित्र तीन वर्ष हे¥यौं नि हामीले को–को कस्ता रहेछन् भन्ने । त्यहाँ पनि ८० प्रतिशत भन्दा बढी इमान्दार कम्युनिष्ट नै । तर, त्यहाँ नेतृत्वले यति धेरै भ्रम दिएर राखेको बन्दी बनाएर राखेको जस्तो लाग्छ मलाई ।’
उनले प्रतिक्रियावादी, प्रतिगमनकारी प्रवृत्तिको नेतृत्वका बन्दी भएकालाई आफूले मुक्त गर्ने बताए । उनले एमालेसँग एकीकरण गर्दा ६० प्रतिशत भाग आफूहरुले पाएको भए पार्टी नफुट्ने समेत दावी गरे ।

‘परार एमालेसँग एकता गर्दा माओवादी नफुटेको हुन्थ्यो भने हामीले ६०/४० लिन्थ्यौं । त्यस्तो हुन्थ्यो भने पार्टी फुट्दैन्थ्यो । हामी साँच्चै समाजवादतिर लिएर जान्थ्यौं’ उनले भने ।

पू्र्वमाओवादीहरुबीच ध्रुवीकरण आवश्यक रहेको भन्दै उनले भने, ‘हामीले माओवादीहरुलाई ध्रुवीकृत गर्नुको अर्थ माओवादीलाई मात्रै भन्ने बुझ्नुहुन्न । हामीले सबै कम्युनिष्टलाई एकीकृत गरेर समाजवादसम्म पुग्ने हो । तर, त्यसको सुरुवात माओवादीहरुबीच ध्रुवीकरण गरेर नै गर्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै