Comments Add Comment

Advertisment

SKIP THIS

ललितपुरमा छापिएको नक्कली नोट पोखरामा भेटियो : प्रहरीले पोखराबाट १८ हजार नोट बरामद

काठमाडौं : ललितपुरबाट बरामद भएको नक्कली नोटको ‘ट्रेल’ पोखरासम्म पुगेको छ। शुक्रवार प्रहरीले कास्कीको मार्दी गाउँपालिका वडा नम्बर ७ थाहा चोक नजिकैबाट १८ हजार नक्कली नोट भेटिएको हो।

‘बयानको आधारमा पोखराबाट आज मात्र नक्कली नोट भेटिएको हो,’ जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी सिद्धिविक्रम शाहले भने।

गत आइतवार (बैशाख १० गते) ३६ वर्षीय जीवन तामाङलाई ललितपुर प्रहरीले नक्कली नोटसहित पक्राउ गरेको थियो। गोदावरीमा रहेको एक किराना पसलमा सामान लिन पुगेका जीवनले पसलमा दुई किलो मैदा र दुई लिटर तेल किनेर नक्कली नोट दिएका थिए।

खोटाङ ऐँसेलुखर्क गाउँपालिका वडा नम्बर ३ घर भई हाल गोदावरी नगरपालिका वडा नम्बर १३ झरुवारासी बस्ने जीवनको वास्तविक नाम भने सुरेश तामाङ रहेको खुल्छ। प्रहरीले अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान सुरु गर्छ।

त्यसमा अर्का व्यक्ति समेत जोडिन पुग्छन्। कास्की मादी गाउँपालिका वडा नम्बर १ स्थायी घर भएका २१ वर्षीय सुकुटे भन्ने भूपाल बिकको संलग्नता खुलेको थियो।

खोजी गर्दै जाँदा उनी बिहीवार गोदावरी नगरपालिका वडा नम्बर ११ बज्रवाराहीबाट पक्राउ परेका थिए। उनको साथबाट पनि प्रहरीले नक्कली नोट फेला पार्छ। उनको कोठामा पुग्दा प्रहरीले थप प्रमाण भेटाउँछ। फोटोकपी / प्रिन्टर मेसिन भेटिन्छ। जहाँ उनले कोठामा नै नक्कली नोट तयार गर्ने गरेको खुलेको छ।

उनी पोखरा समेत गएकाले त्यहाँ पनि नक्कली नोट हुने आशंकामा अनुसन्धान अगाडि बढाएको थियो। एक महिनाको अवधिमा उनले ३५ हजार ३ सय रुपैयाँ बराबरको नक्कली नोट छापेका थिए। जसमा १७ हजार रुपैयाँ पानीले भिजेर नदीमा फ्याँलेको बयान दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै