Comments Add Comment

सामाजिक संजाल मार्फत प्रवाह गर्नेहरुलाइ तत्काल कानुनको दायरामा ल्याउने ;प्रहरी नायब उपरीक्षक अमर बहादुर थापा

१८ असार ,काठमाडौ । कंचनपुर जिल्लाबाट अर्घाखाँची जिल्लामा सरुवा भएर आएका प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले आफ्नै कार्य क्षेत्रमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम राखेका थिए ।

जिल्लाका क्रियाशील संघ संस्थाका प्रमुख तथा प्रतिनिधि , निर्माण व्यवसायी लगायत नागरिक समाजसँग प्रत्यक्ष सरोकार राख्ने प्रतिष्ठीत व्यक्ति, होटल व्यवसायी, यातायात ब्यवसायी , पत्रकार महासंघ , उद्योग व्यावसायीहरुको उपस्थिती रहेको थियो ।

भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा थापाले जिल्ला प्रहरी कार्यलयमा आउने कुनै पनि घटनालाई तत्काल दर्ता गर्नुभन्दा पहिला अनुसन्धान गरि दर्ता प्रक्रियालाइ अगाडि बढाउने बताएका छन ।

अबैध रुपमा संचालित गरेका घरेलु मदिरा उत्पादन गर्नेहरुलाइ पुर्ण रुपमा बन्द गराइने, मानिसहरुलाई यो महामारीका कारण एकछाक कसरी खाने भन्ने पिडाको बेला जुवातास खेली रमाइलो गर्नेहरुलाई अभियाननै बनाइ पुर्ण रुपमा नियन्त्रण गरिने समेत बताएका छन ।

यतिबेला सामाजिक संजालमा झुठा सुचना अर्थात गलत समाचार सामाजिक संजाल मार्फतत प्रवाह गर्नेहरुलाइ तत्काल कानुनको दायरामा ल्याउने र समाजमा हुने गरेका आत्महत्यालाई न्यूनीकरण गर्न नागरिक समाज तथा विभिन्न संघ संस्थाले हातेमालो गरेर सेवा प्रदान गरिने जानकारी गराएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment