प्रहरीले भाइटिकाको दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने -
Comments Add Comment

प्रहरीले भाइटिकाको दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने

२६ कात्तिक , काठमाडौ । तिहारको भाइटिकाको दिन प्रहरीले उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । दुईवटा सिफ्टमा चारवटा बस टिकाको दिनमा सञ्चालन गरिने प्रहरीले जनाएको छ ।

बिहान साढे ८ बजेबाट पहिलो सिफ्ट र ४ बजेबाट दोस्रो सिफ्ट प्रहरी प्रधान कार्यालय सवारी महाशाखाबाट बस सञ्चालन हुनेगरी रुट निर्धारण गरिएको छ ।

बा. १ ग २५९१ र बा. १ ग २६०८ नम्बरको बसले पहिलो सिफ्टमा सेवा दिनेछन् । ती बसहरु नक्सालबाट निस्केर बालाजु, सातदोबाटो र सुर्यबिनायक सम्म पुगेर नक्साल फर्किनेछन् ।

मध्यान्ह ४ बजेपछि सोही बसहरुले नक्साल हुँदै कलंकी र भक्तपुरको सुर्यबिनायकसम्म पुगेर सेवा दिनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment