Comments Add Comment

Advertisment

SKIP THIS

वडासदस्य सत्यालको निधन

०५ बैशाख , काठमाडौं । काठमाडौँ महानगरपालिका वडा नं ३० का वडा सदस्य निरजराज सत्यालको निधन भएको छ ।

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका वडा नं ३० को वडा सदस्यमा निर्वाचित सत्यालको आइतबार राति ९ बजे निधन भएको हो ।

उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए । उनले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए । नेपाली कांग्रेसको प्रमुख भातृ संस्था नेपाल विद्यार्थी सङ्घबाट आफ्नो राजनीति अगाडि बढाएका सत्याल त्रिचन्द्र क्याम्पसको पूर्वस्ववियु पदाधिकारी बनेका थिए । उनी काठमाडौं क्षेत्र नं ४ को पूर्वक्षेत्रीय सदस्यसमेत हुन् ।

उनको आइतबार राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै