११ भदौ , काठमाडौ । नेपाल प्रहरीले अंगिकार गरेको समुदाय-प्रहरी साझेदारी कार्यक्रममार्फत नागरिक र प्रहरीको सम्बन्धमा सुधार गर्नुको छ ।

यस कार्यक्रम मार्फत गरिएका गतिविधि अत्यन्तै फलदायी भइरहेको तथा यसको प्रभावकारी कार्यान्वयनमा केन्द्रित हुन निर्देशन दिनुभएको छ । समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई निरन्तता दिदै जनतासँगको सम्बन्धलाई सुदृढ गर्दै समाजमा लुकेका अपराधहरूको सुचना संकलन गरी त्यस्ता अपराधलाई कानूनी दायरामा ल्याउने र प्रहरी कारवाही गर्दा कानून बमोजिम मात्र वल प्रयोग गरि निर्दिष्ट कानूनको पालना गर्ने निर्देशन दिनु भयो ।

समाजमा शान्ति सुरक्षा कायम गर्दै नागरिकलाई सुरक्षाको अनुभूति गराउनका लागि प्रहरी अझ बढी संवेदनशील एवम् सक्रिय रुपमा प्रस्तुत हुनुपर्ने उल्लेख गर्दै आफ्नो मातहतका कर्मचारीहरुको मनोबल उच्च बनाई उत्कृष्ट व्यवहार, क्रियाकलाप, व्यवसायिक दक्षता तथा सिपका साथ कार्य सम्पादन गर्नतर्फ अग्रसर हुनुपर्ने बताउनुभयो ।

एसएसपी सिंहले सबै प्रहरी कर्मचारीले सकारात्मक सोच एवम् उत्कृष्ट व्यवहार र आचरणका साथ नागरिक केन्द्रित सेवा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो । हुण्डी कारोबारी, कालो बजारी, चोरी निकासी लगायत अन्य अपराधिक गतिविधि नियन्त्रण गरी संलग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याउनका लागि प्रहरी थप सक्रिय हुनुपर्ने उहाँले बताउनुभयो ।

आसन्न चाडपर्वलाई लक्षित गरी उपत्यकाको बढि भिडभाड हुने क्षेत्रहरू व्यापारिक, आर्थिक, तथा वित्तिय क्षेत्रहरूमा सेफ्टी पिन अभियान अन्तर्गत खटिएकका प्रहरीहरूलाई सादा पोशाक मा खटाउन थालिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिनुभयो
महिला तथा बालबालिका, बृद्ध, फरक क्षमता भएकाहरू संलग्न घटनालाई संबेदनशिल भई प्राथमिकताका साथ अनुसन्धान गर्नु पर्ने, मातहतका कर्मचारीहरूले गरेको गल्तीको जिम्मेवारी कार्यालय प्रमुखले लिनु पर्ने भन्दै मातहतका कर्मचारीहरूको काम कारबाही, आचरण व्यवहार तर्फ विशेष ध्यान दिई आम नागरिकलाई प्रभावकारी सेवा प्रवाह गर्नु पर्ने बताउनु भयो ।
सार्वजनिक सवारी साधन र सार्वजनिक स्थानहरूमा महिला माथि हुने यौनजन्य दुर्वव्यवहार न्यूनिकरण र व्यापारिक क्षेत्रहरूमा भिडभाड बढेकाले सो जनशक्तिलाई आजैबाट त्यस्ता क्षेत्रहरूमा परिचाल गरिएको बताउनु भयो । सेफ्टिपिन अभियान अन्तर्गत खटिएको प्रहरी कर्मचारीले सार्वजनिक स्थानमा महिला माथीहुने यौनजन्य दुर्व्यवहारलाई नियन्त्रण गर्नुका साथै चोरी, ठगी तथा पाकेटमारी समेतलाई नियन्त्रण गर्ने उहाले बताउनु भयो ।


