Comments Add Comment

Advertisment

SKIP THIS

पहिरो हटाएपछि खुल्यो पृथ्वीराजमार्ग

१५ असार , काठमाडौं । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–२ स्थित ऐना पहरा नजिक पहिरो खसेर अवरुद्व भएको राजमार्ग सञ्चालनमा आएको छ । माथिबाट पहिरा खस्दा अवरुद्व भएको राजमार्ग डोजरको सहायताले पहिरो पन्छाएपछि पुनः सञ्चालन भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

बिहान करिब ६ बजेदेखि पहिरो खस्दा राजमार्ग अवरुद्व हुँदा सयौँ सवारीसाधन रोकिन पुगेको थियो । मुग्लिन, आँबुखैरेनी हँुदै गोरखा जाने सडकमा सवारी साधन पुनः सञ्चालन भए पनि पोखरा जाने राजमार्ग सडक अवरुद्व नै रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी सोही वडास्थित ढावटारमा भने राजमार्ग अवरुद्व नै रहेको छ । माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएपछि पहिरो पन्छाउने कार्य भइरहेको तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । उनले भने, ‘अब केही समयभित्र सडक चलाउने गरी काम भइरहेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै