Comments Add Comment

Advertisment

SKIP THIS

चितवन बन्दको प्रभाव सामान्य, १३ बन्दकर्ता पक्राउ

२८ मंसिर काठमाडौ । एमसीसी सम्झौता खारेजीको माग गर्दै मंगलबार आह्वान गरिएको चितवन बन्दको प्रभाव सामान्य परेको छ ।

विभिन्न १३ वटा दल तथा समूह सम्मिलित एमसीसी खारेजी अभियान संयुक्त संघर्ष समितिले सम्झौता खारेजीको माग गर्दै चितवन बन्दको आह्वान गरेको हो ।बन्दको त्रासले बजार क्षेत्रमा पसल र विद्यालयहरू खुलेका छैनन् ।

लामो दुरीका मालबहाक र यात्रुबहाक सवारी साधनहरू पनि तुलनात्मक रुपमा कम चलेका छन् । छोटो दुरीका सवारीसाधन भने ठप्प छन् ।

पसल तथा सवारी साधनहरू बन्द गराउँदै हिँड्ने १२ जना बन्दकर्तालाई प्रहरीले पक्राउ गरेको छ । बन्दकर्तालाई नारायणगढको लायन्सचोक र पूर्वी चितवनको भण्डाराबाट नियन्त्रणमा लिएको हो ।

जबर्जस्ती बन्द गराउँदै हिँडेका बन्दकर्तालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरी अधिकारीले जानकारी दिए । पक्राउ पर्नेमा सन्देश पौडेल, प्रकाश ढकाल, बद्रीनाथ अधिकारी, डम्बर पुरी, राजुप्रसाद पौडेल, सुरेश गौतम र रेशम थापा रहेका छन् ।

त्यस्तै, अनिल परियार, कृष्ण सुनार, अशोक शर्मा, घननाथ सापकोटा, राम सेढाई र ओमप्रसाद डल्लाकोटीलाई पनि नियन्त्रणमा लिइएको उनले बताए । पक्राउ परेकाहरूलाई साँझ रिहा गरिने उनको भनाइ छ ।

पक्राउ परेका बन्दकर्ताको रिहाई र एमसीसी सम्झौता खारेजीको माग गर्दै नारायणगढमा प्रदर्शन गरिएको छ । ‘राष्ट्रघाती सम्झौता खारेज गर’, ‘अमेरिकी दलाल होसियार’लगायतका नारा लगाएर र्‍यालीसमेत निकालिएको थियो ।

लायन्सचोकबाट सुरू भएको र्‍याली पुलचोक पुगि पुनः लायन्सचोकमा आएर समापन भएको हो। एमसीसी सम्झौता नेपाल र नेपालीको हित विपरित रहेकाले खारेजीको माग गरेको एमसिसी खारेजी अभियान संयुक्त संघर्ष समितिका संयोजक फणिन्द्र आचार्यले बताए ।

‘जनताले विगतमा गरेको दबाबले अहिलेसम्म एमसीसी पास हुन सकेको थिएन । तर, अहिले पारित गर्नका लागि विभिन्न षड्यन्त्र बनाइएको छ’, उनले भने, ‘जनताले शसक्त ढंगले यसको विरोध गरेनन् भने विदेशी दलालले यो राष्ट्रघाती सम्झौता पास गर्ने तयारीमा छन् ।

एमसीसी सम्झौता खारेजीको लागि विप्लव नेतृत्वको माओवादी, ऋषि कट्टेल समूहको माओवादी, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसाल, नेकपा माले, देशभक्त जनगणतान्त्रिक मोर्चा, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीलगायतका दलले ऐक्यबद्धता जनाएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment