Comments Add Comment

Advertisment

SKIP THIS

२२ प्रहरी सम्पर्कविहीन : प्रहरी प्रधान कार्यालय नक्सालले सात दिनभित्र हाजिर हुन निर्देशन

१३ कात्तिक , काठमाडौ । प्रहरी प्रधान कार्यालय, नक्सालले गैरहाजिर प्रहरी कर्मचारीलाई तत्काल हाजिर हुन निर्देशन दिएको छ । गैरहाजिर हुनुको कारण खुल्ने सन्तोषजनक स्पष्टीकरणसहित सात दिनभित्र उपस्थित हुन निर्देशन दिएको हो ।

प्रहरी प्रधान कार्यालयले सोमबार एक सूचना जारी गर्दै आफूखुसी कार्यालयमा गैरहाजिर रहेको र खोजतलास गर्दा तथा सूचना टाँस भइसक्दा समेत कार्यालयको सम्पर्कमा नआएका २२ प्रहरी कर्मचारीलाई सात दिनभित्र हाजिर हुन निर्देशन दिएको हो ।

गैरहाजिर हुनेमा प्रहरी जवानदेखि तथा सहायक निरीक्षकसम्म २२ जना छन् ।

‘गैरहाजिर रहनुको कारणसहित सन्तोषजनक स्पष्टीकरण जवाफसहित यस कार्यालय वा सूचना जारी गर्ने कार्यालयमा हाजिर हुन आउनुहोला । अन्यथा तपाईंहरू उपर प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा ऐ. नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने कारबाही हुनेछ,’ सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment