Comments Add Comment

Advertisment

SKIP THIS

न्यायाधीशको पहिलो प्रश्न- पैसा खर्चेर शरणार्थी बनेर अमेरिका जान खोज्नेहरूलाई किन प्रतिवादी बनाइएन ?

२१ जेठ , काठमाडौ । नक्कली भुटानी शरणार्थी मुद्दामा सर्वोच्च अदालतमा सरकारी वकिलहरूले बहस सुरु गरेका छन् । न्यायाधीश प्रेमप्रसाद न्यौपानेको एकल इजलासमा मुद्दाको बहस भइरहेको छ ।

बहसको प्रारम्भमा नै न्यौपानेले जाहेरकर्ताहरूलाई पनि प्रतिवादी नबनाइएको विषयमा प्रश्न गरे ।

उनले सरकारी वकिललाई सोधे, ‘नक्कली शरणार्थी भनेर अमेरिका जान खोज्नु चाहिँ कानून विपरीत हो कि होइन रु आफूहरू पीडित भएको भनेर जाहेरी दिनेहरूलाई किन प्रतिवादी बनाइएन रु’

सरकारी वकिलले दायर गरेको मुद्दामा नक्कली शरणार्थीका नाममा अमेरिका पठाउन खोज्ने गिरोहका सदस्य र उनीहरूलाई सघाउने राजनीतिक प्रशासनिक व्यक्तिहरूलाई प्रतिवादी बनाइएको छ ।

नक्कली डकुमेन्ट बनाएर अमेरिका जान खोज्नेहरूलाई मुद्दामा नतानिएको विषयमा न्यायाधीशले प्रश्न गरेका हुन् । ८ जना सरकारी वकिलहरूले मुद्दामा बहस गरिरहेका छन् ।

पक्राउ परेका सबै प्रतिवादीहरूलाई बहसका लागि अदालतमा उपस्थित गराइएको छ । उनीहरूले इजलासमा पत्रकारहरूलाई राख्न नहुने माग गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment