Comments Add Comment

रुपन्देहीको छपियामा डिआईजी उमेशराज जोशीद्वारा अस्थायी प्रहरी पोस्टको उद्घाटन

१३ साउन , काठमाडौ । रुपन्देहीको सियारी–४ छपियामा अस्थायी प्रहरी पोस्ट स्थापना गरिएको छ । शान्ति सुरक्षा कायम गर्दै जनतालाई सुरक्षाको अनुभूति दिलाउने उद्देश्यले अस्थायी प्रहरी पोस्टको स्थापना गरिएको छ । शुक्रबार एक कार्यक्रमका बिच लुम्बिनी प्रदेश प्रहरी कार्यलयका प्रमुख डिआईजी उमेश राज जोशीले उद्घाटन गरेका हुन् ।

पोस्टको उद्घाटन गर्दै डिआईजी जोशीले प्रहरी पोस्ट स्थापनाले नागरिकमा सहज रुपमा सुरक्षाको अनुभुती दिलाउने बताए । प्रहरी एक्लैले मात्र अपराध न्युनिकरण गर्न नसक्ने हुदा जनताको साथ आवश्यक रहेको बताए । उनले बढि जनघनत्वको आधारमा प्रहरीले शान्ती सुरक्षा प्रदान गर्न प्रहरी पोस्टहरुको क्षमता बढाउनु पर्ने बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरिक्षक भरत बि.क.ले प्रहरी र स्थानीयबासीको सम्बन्ध नङ र मासु जस्तो हुन आवश्यक रहेको बताए । समाजमा हुने बिभिन्न गलत क्रियाकलाप नियन्त्रण गर्न प्रहरी पोष्टले ठुलो भुमिका खेल्ने भएकाले स्थानीयहरुलाई आवश्यक सुचनाहरु दिएर समन्वय गर्न आग्रह समेत गरेका छन् । शान्ति सुरक्षालाई थप मजबुत बनाउन चौकी स्थापना गरिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै