Comments Add Comment

Advertisment

SKIP THIS

सुरक्षाकर्मीलाई धकेल्दै वकिलहरु सर्वोच्चको मुख्य गेटमा पुगेर धर्नामा

२८ कात्तिक , काठमाडौ । नेपाल बार एसोसिएशनले आज पनि सर्वोच्च अदालतको गेटमा धर्ना सुरु गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराविरुद्धको आन्दोलनलाई थप कडा पारेको बारले आज बिहानै १० बजे अदालत परिसरमा खटिएका सुरक्षाकर्मीलाई धकेल्दै सर्वोच्चको मुख्य गेटमा पुगेर धर्ना थालेको हो ।

यसअघि शुक्रबार प्रधानन्यायाधीश जबरा वैकल्पिक गेटबाट भित्र प्रवेश गरेपछि बारले आज सर्वोच्चका दुवै ढोकामा धर्ना दिएका छन् ।

प्रधानन्यायाधीश जबराको राजीनामा मागेर उनीहरुले आन्दोलन जारी राखेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै