Comments Add Comment

Advertisment

SKIP THIS

ओलीबाट जघन्य अपराध भएको छ : रामचन्द्र पौडेल

६ कात्तिक , काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केपी ओलीबाट देशमा जघन्य अपराध भएको बताएका छन् ।

वीरेन्द्रनगरमा आयोजित प्रदेश स्तरिय गठबन्धनको संयुक्त बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले देशलाई प्रतिगमनबाट जोगाउनका लागि गठबन्धन एउटा अभियान भएको समेत बताए ।

नेता पौडेलले आधिकारिक उम्मेदवारको पक्षमा निष्‍ठाको साथ लाग्न कार्यकर्ताहरूलाई आग्रह गरे । उनले भने, ‘कर्णाली कांग्रेसका साथीहरुलाई भन्छु हँसिया हथौडाबाट पछि नहट्नुहोला । हामीले यो देशलाई उन्नतीको बाटोमा लाने प्रयास गरेका छौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै