Comments Add Comment

Advertisment

SKIP THIS

सेयर बजार दोहोरो अंकले बढ्यो

१० जेठ , काठमाडौं । आज सेयर बजार परिसूचक नेप्से दोहोरो अंकले बढेको छ ।

सेयर बजार १६.३२ अंकले बढेर २२१७.१९ बिन्दुमा पुगेर रोकिएको छ । आज कुल २२४ कम्पनीको कारोबार भएको छ ।

कुल २१ हजार ७०९ वटा कारोबार भएको यस दिन ३१ लाख ७३० कित्ता सेयर किनबेच भएको छ । मंगलबार १ अर्ब ८ करोड ८८ लाख ३३२ हजार ५४२ रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार व्यापार र म्यूचअफ फण्डबाहेक सबै उपसमूहको मूल्य बढेको छ । सबैभन्दा धेरै जलविद्युत् समूहका लगानीकर्ताले कमाए ।

मंगलबार लक्ष्मी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ५.९५ प्रतिशतले बढेर १३१६ रुपैयाँ पुगेको छ । माथिल्लो तामाकोशीको ५.५८ प्रतिशतले वृद्धि भई ५०८ रुपैयाँ सेयर मूल्य पुगेको छ । विजय लघुवित्त, हिमालय उर्जा विकास कम्पनी, नारायणी विकास बैंकसहितका कम्पनीको भने सेयर मूल्य बढेको छ । कर्पोरेट विकास बैंकको सेयर मूल्यमा भने नेगेटिभ सर्किट लाग्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

नेप्से दोहोरो अंकले बढ्यो

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

Advertisment

छुटाउनुभयो कि? सबै

नेप्से दोहोरो अंकले बढ्यो

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो