Comments Add Comment

Advertisment

SKIP THIS

आफ्ना कार्यकर्ता तत्काल रिहाई गर्न अनेरास्ववियुको माग : सरकार ‘जनतामारा’ भएको उद्घोष

१२ जेठ , काठमाडौं । नेकपा एमालेको प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियुले युवा तथा विद्यार्थीलाई तत्काल रिहाई गर्न आग्रह गर्नुभएको छ ।

आफ्ना कार्यकर्ताहरुलाई रिहाईको माग गर्दै अनेरास्ववियुको अध्यक्ष सुनिता बरालले आज एक विज्ञप्ती जारी गर्दै स्थानीय तहको निर्वाचनको मसि सुक्न नपाउँदै वर्तमान परमादेशी सरकारले जनतालाई महंगीको उपहार दिएको भन्दै आक्रोस जनाउनुभएको छ । सरकारले हिजो युवा तथा विद्यार्थीले देशव्यापी गरेको आन्दोलनको क्रममा प्रहरीले दर्जनौं पक्राउ गरेको छ । उक्त मूल्यवृद्धि विरुद्धको आन्दोलनका क्रममा प्रहरीले युवा विद्यार्थीमाथि दमन गरी पक्राउ गरेको भन्दै तत्काल रिहाईको माग गरिएको छ ।

परमादेशबाट गठित देउवा नेतृत्वको जनतामारा नालायक सरकारले हप्ता दिनमै पेट्रोलियम पदार्थको चर्को मूल्यवृद्धि गरी जनताको ढाड सेक्ने काम गरेको उल्लेख गर्दै अध्यक्ष बरालले पेट्रोलियम पदार्थको मूल्यवृद्धि संगै देशैभर अब अतिआवश्यक वस्तु तथा सेवाको ढुवानी र लागत भाडा महँगिने निश्चित भएकाले तत्काल मुल्यवृद्धि फिर्ता लिन माग समेत गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै