उमेरले करिब ४० नाघिसकेका छन । अनेक प्रतिभा भएका ढाकारामले जर्मनवाट एमएसी र टियुवाट गणित गरि दुईवटा विषयमा स्नात्तकोत्तर गरिसकेका उनको वास्तविक परिचय म्यादी प्रहरीवाट शुरु हुन्छ । उनी हुन, गत स्थानीय चुनावका म्यादी प्रहरी ढाकामोहन अधिकारी । कास्की जिल्लामा जन्मेका ढाकामोहनले १८ वटा देश भ्रमण गरिसकेका छन भने विश्वमा वातावरणीय प्रभावले गर्दा पार्ने असरवारे अनुसन्धान गर्दा गिनिज बुक अफ वर्ल्ड रिकर्डमा नाम पनि लेखाइ सकेका छन ।
उनी एक वातावरण बिज्ञकोरुपमा पनि परिचित छन । यति मात्र नभएर करिब ६०० भन्दा बढी बिद्यार्थीहरुलाई पढाउँछन । करिव ६६ घरका चेपाङ बालबालिकाको श्याहार सुशाहार गरेर उनीहरुलाई आफ्नो सभ्यताको परिचय दिलाएका अधिकारीले संधै श्रमको सम्मान गर्नुपर्छ भन्ने भावनाकासाथ अगाडि बढेका छन । उनी भन्छन, काममा सानो या ठूलो अनि निकृष्ट र उत्कृष्ट भन्ने हुंदैन । जीवनलाई सार्थकतामा परिणत गर्नको लागि जस्तोसुकै काम र परिस्थितिको सामना गर्न सक्नुपर्छ ।
तर दुई दुई वटा विषयमा स्नातकोत्तर उत्तीर्ण गरेर विश्व जगत बुझिसकेका अधिकारी किन म्यादी प्रहरीमा ४० दिने रोजगारीमा झुम्मिए त ? यसवारेमा उनी भन्छन कि, जीवनमा सवभन्दा महत्वपूर्ण पक्ष भनेको अनुशासन र घर परिवारबाट बालबालिकालाई दिइने संस्कार हो । जीवनमा देशको लागि धेरै कार्य गरियो, धेरै देशहरु पुगियो, देशभित्र पनि अल्पसंख्यक समुदायको सेवा पनि गरियो, वातावरण र प्लास्टिक उन्मुलनको कार्यमा पनि सक्दो सहयोग गरियो यसमा सवैले चिने तर राज्यले चिनेन । सायद , यहि पहिचान देखाउन र अनुशासनमा अव्वल कहलिनकै लागि उनी म्यादी प्रहरीमा जागिर खान गएका थिए । यसरी , बिदेशी भूमिमासमेत आफ्नो पहिचान बनाइसकेका एक नेपाली युवालाई हरेक क्षेत्रमा योगदान गर्दा गर्दै राज्यले चिन्न नसक्नुको कारण के त ? यस कुरामा गम्भीररुपमा सोच्न जरुरी छ ।
काठमाडौं







