Comments Add Comment

Advertisment

SKIP THIS

देउवाले दुवै पदबाट राजीनामा दिन कांग्रेस नेताको माग

११ पुष , काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले पार्टी सभापति शेरबहादुर देउवाको राजीनामा मागेका छन् ।

सत्ता गठबन्धन जोगाउन नसकेको भन्दै घिमिरेले देउवाले पार्टी सभापति र संसदीय दलको नेताबाट राजीनामा दिनुपर्ने बताएका हुन् । उनले राजीनामा नदिए चाँडै विशेष महाधिवेशन बोलाइने पनि उल्लेख गरेका छन् ।

उनले सामाजिक सन्जालमा लेखेका छन्, ‘सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले नैतिकताको आधारमा दुवै पदबाट तत्कालै राजिनामा दिनुपर्छ । हिजो पार्टीका साथीहरूले गठबन्धन गलत हो भन्दाभन्दै किन गरियो र आज किन जोगाउन सकिएन ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै