Comments Add Comment

Advertisment

SKIP THIS

हत्या पछि बालाजु प्रहरी वृत्तमा तनाबग्रस्त : काग्रेशका नेता दिपेश गम्भिर घाईते

काठमाडौंको तारकेश्वर नगरपालिकास्थित चिसापानीमा ट्रिपरको ठक्करबाट स्थानीय सविन फुयाँलको मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको छ ।

घटनाको सत्यतथ्य छानबिनको माग गर्दै बालाजु प्रहरीवृत अगाडि मृतकमा आफन्तहरुले प्रदर्शन गरिरहेका छन् । प्रदर्शनमा उत्रिएका मृतकका आफन्तमाथि प्रहरीले लाठी चार्ज गरेपछि अवस्था तनावग्रस्त बनेको हो ।

प्रहरीको लाठी चार्जबाट नेपाली कांग्रेसका युवा नेता दिपेश थापा लगायतमा आधा दर्जन भन्दा बढी प्रदर्शनकारी घाइते भएका छन् । प्रदर्शनकारीका अनुसार थापालाई प्रहरीले पक्राउ गरि कुटपिट गरेका थिए । कुटपिटबाट थापाको टाउकोमा गम्भीर चोट लागेको छ ।

भने अन्य घाइतेहरुको अवस्था सामान्य छ । प्रहरीले घटनाको सत्यतथ्य लुकाउनका लागि आफूहरुको आन्दोलनमा हस्तक्षेप गरेको प्रदर्शनकारीहरुले आरोप लगाएका छन् । अहिले त्यहाँ ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

भिरबाट लडेर तनहुँमा एकको मृत्यु

Advertisment

छुटाउनुभयो कि? सबै

भिरबाट लडेर तनहुँमा एकको मृत्यु