काठमाडौं, बनेपाबाट घुम्न आएका मानिस तार्केश्वर वडा नं. ३ मा रहेको भुवनेश्वरी मन्दिर घुमेर फर्कदै गर्दा पाचमाने स्थित माइक्रोबस दुर्घटनामा परेको छ । दुर्घटना हुदा १३ जना घाइते भएका छन्।
दुर्घटना तार्केश्वरको पाचमाने क्षेत्रमा माइक्रोबस उकालोमा चढ्न नसक्दा भएको हो।
घाइतेहरूमा चालक सहित यात्रु रहेका छन्। दुर्घटनाग्रस्त यात्रुहरूलाई नजिकैको स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको छ।
स्थानीय बासिन्दाहरूले बाटोमा सम्बन्धित निकायले ध्यान नदिँदा यस्तो घटना भएको बताएका छन्।
प्रहरीले दुर्घटनाको कारण तथा जिम्मेवारी छानबिन गरिरहेको छ। स्थानीयहरूले सडक सुरक्षा सम्बन्धी ठोस कदम चाहेका छन्।


