३० कार्तिक , काठमाडौँ । बाँकेको कोहलपुर नगरपालिका ११ स्थित नबिल बैंकको शाखा कार्यालयमा आगलागी भएको छ । आगलागीबाट भएको क्षतिको विवरण आइसकेको छैन ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार आज बिहान ५ः२५ बजे घरको दोस्रो तलामा लागेको आगो एक घण्टापछि नियन्त्रणमा लिइएको हो । सो आगो दमकलको सहायताले आगो निभाइएको थियो ।


