Comments Add Comment

Advertisment

SKIP THIS

फ्रिजमा राखिएको रेष्टुरेन्टको खाना खाएपछि एक विद्यार्थी बिरामी भए

१० फागुन, काठमाण्डौं । खाना बाँकी हुन्छ भने त्यसलाई फ्रिजमा राखिन्छ र आफ्नो आवश्यकता अनुसार यो प्रयोग गरिन्छ । थुप्रै विशेषज्ञले खानालाई धेरै बेरसम्म फ्रिजमा राख्नु नहुने बताउँछन् तर खाना बचेको खण्डमा त्यसलाई खराब हुनबाट जोगाउन र स्टोर गरेर राख्नका लागि फ्रिजको साहारा लिइन्छ ।

 

 

केही समयअघि एक विद्यार्थीको एउटा घटना सार्वजनिक भएको छ ।

के हो घटना ?

न्यू इंगल्याण्ड जर्नल अफ मेडिसिनको रिपोर्ट अनुसार जेसी नाम भएका एक विद्यार्थीसँगै कोठामा बस्ने साथीले अघिल्लो रात रेष्टुरेन्टमा चिकन र नुडल्स लिएर आएका थिए । उनले आफूले केही खाएपछि बाँकी फ्रिजमा राखेका थिए । भोलिपल्ट बिहान जब जेसीले त्यो खानेकुरा खाए,  उनी बिरामी भए । उनलाई उच्च ज्वरो आइरहेको थियो, मुटुको धड्कन प्रति मिनेट १६६ धड्किरहेको थियो ।

 

 

उनले रेष्टुरेन्टबाट ल्याएको चिकेन र नुडल्स खाए तब उनको स्वास्थ्य नाजुक हुनथाल्यो । अस्पतालमा उपचारको क्रममा थाहा भयो कि जेसी एक ब्याक्टेरियल इन्फेक्सनद्वारा ग्रसित भएका थिए जसका कारण उनको मृगौलाले काम गर्न बन्द गरेको थियो र उनको रगत जम्न थालेको थियो ।

 

 

उनको रगतमा यस्ता ब्याक्टेरिया भेटिएका थिए जुन घातक सेप्सिसका निशानी थिए । जेसीको शरीरमा सेप्सिस फैलिन थालेपछि उनको हातका सबै औंला काटिए र घुँडा मुनिका खुट्टा पनि काटिएका थिए । जेसीलाई २६ दिनपछि होस आएको छ तर उनको जीवन अब पूर्ण रुपमा फेरिएको छ ।

के हो सेप्सिस ?

सेप्सिस एक प्रकारको रोग हो जुन शरीरमा कुनै प्रकारको संक्रमणका कारण हुने गर्छ । सेप्सिस त्यतिबेला विकसित हुन्छ  जब तपाईं कुनै संक्रमणद्वारा संक्रमित हुनुहुन्छ तब तपाईंको प्रतिरक्षा प्रणाली योसँग लड्नका लागि प्रोटिन र अन्य रसायन छोडर त्योसँग लड्छ, तर जब यो प्रतिक्रिया नियन्त्रण बाहिर हुन्छ तब त्यसलाई सेप्सिस भनिन्छ ।

 

 

धेरैजसो ब्याक्टेरियाको संक्रमणका कारण सेप्सिस हुनेगर्छ । कोभिड–१९, इन्फ्लूएन्जा र फंगल संक्रमण पनि सेप्सिसको कारण बन्ने गर्छ ।  यसको उपचार समयमा नै नहुँदा यो घातक हुनसक्छ । यसको अन्तिम स्टेजमा सेप्सिस शक हुन्छ जसमा अर्गन फेल, हार्ट फेल, स्ट्रोक र मृत्यु पनि हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै