Comments Add Comment

Advertisment

SKIP THIS

बेपत्ता भएको १० दिनमा मृत फेला परेपछि

२१ असार ,काठमाडौं । चितवनको राप्ती नगरपालिका–३, प्रगतिपुर निवासी २३ वर्षीया युवती सुजिता भण्डारी बेपत्ता भएको १० दिनमा मृत फेला परेपछि आफन्त र स्थानीयवासीले अपराधी अविलम्ब पक्राउ गर्न माग गर्दै विरोध प्रदर्शन गरेका छन् ।

उनीहरूले सोमबार मध्याह्नदेखि करिब एक घण्टा भण्डारमा राजमार्ग अवरुद्ध गराए । कसैले अपहरण गरेर सुजिताको हत्या गरेको उनीहरूको भनाइ छ । अपहरण लगत्तै जानकारी गराए पनि प्रहरीले गम्भीरतापूर्वक खोजी नगरेकाले उनको हत्या भएको आफन्तजनको आरोप छ ।

प्रदर्शनकारीहरूले ‘सुजिताको हत्या निर्मला पन्तको जस्तो नहोस्’ भन्दै अपराधीलाई छिटो पक्राउ गर्न माग गरेका छन् । उनीहरूले राप्ती नगरपालिकाकी मेयर प्रभा बरालसँग पनि न्यायका लागि गुहारेका छन् । सुजिता यही असार ११ गते घरमा रोपाइँ भएको दिन बिहान ६ बजे तरकारी लिन भनेर करिब पाँच सय मिटर टाढा साथी पुनम राईको घर जान भनेर हिँडेकी थिइन् ।

बेपत्ता भएको १० दिनपछि आइतबार च्याउ खोज्न जङ्गल गएका केही स्थानीयवासीले घरबाट करिब तीन किलोमिटर टाढा ब्रह्मास्थानी सामुदायिक वनमा एउटा शव देखे ।

परिवारजनले उक्त शव सुजिताकै हो भन्ने पुष्टि गरेका छन् । उता प्रहरीले फरेन्सिक रिपोर्टपछि मात्रै थाहा हुने जनाएको छ । प्रहरीले सोमबार सुजिताको शव उठाएर लैजाँदै गर्दा स्थानीयवासी र आफन्तजनले प्रदर्शन गरेका हुन् ।

पुनम बिहान ओछ्याउनमा हुँदै सुजिताको मोबाइल फोनबाट म्यासेज आएको थियो । उनले ‘म घर भिन्डी लिन आको है म, तपाईंसँग भेटघाट नि हुन्छ’ भन्ने गरेकी थिइन् तर सुजिता पुनमको घर पुगिनन्, आफ्नो घर पनि फर्किनन् ।

सुजिताले मध्याह्न १२ बजे दिदीलाई म्यासेज गरेर आफू अपहरणमा परेको जानकारी दिइन् । परिवारका सदस्यहरू पुनमको घर पुगे । सुजिता अपहरणमा परेको भन्ने हल्ला फैलियो । अपहरण नै भएको पक्का गरेर परिवारजनले प्रहरीमा जानकारी गराएर खोजी गरिदिन आग्रह गरेका थिए । प्रहरीले खोजी गरे पनि सुजिता फेला परिनन् ।

नौ दिनदेखि बेपत्ता युवतीको शव स्थानीय जंगलमा फेला

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment