Comments Add Comment

Advertisment

SKIP THIS

भुटानी शरणार्थी नेता भम्पा राईको निधन

५ असार , काठमाडौँ  । भुटानी शरणार्थी नेता डा.भम्पा राईको निधन भएको छ ।

७५ वर्षीय राईको विराटनगरस्थित नोबेल अस्पतालमा आइतबार बिहान निधन भएको हो । उनको ५ दिनअघि हर्नियाको शल्यक्रिया गरिएको थियो ।

शनिबार मुटुको चाल कम भएपछि दमकस्थित लाइफलाइन अस्पताल भर्ना गरिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि चिकित्सकले विराटनगर रेफर गरेका थिए ।

उपचारकै क्रममा उनको निधन भएको राईकी भाञ्जी गौरी राई बताइन् । राईले ३० वर्षदेखि भुटानी शरणार्थीको स्वदेश फिर्ती आन्दोलनको नेतृत्व गर्दै आएका थिए ।

२ वर्षअघि पत्नी उर्मिलाको निधन भएपछि एक्लै बस्दै आएका थिए । राईलाई जेठ १३ देखि दमक नगरपालिकाले निःशुल्क बस्ने व्यवस्था गरिदिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै