Comments Add Comment

Advertisment

SKIP THIS

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

२२ असार , काठमाडौँ । आज नेप्से परिसूचक १३.३३ अंकले बढेर २,०४३.९२ बिन्दुमा पुगेको छ ।

नेप्से बढे पनि कारोबार रकम अघिल्लो दिनको तुलनामा घटेको छ। अघिल्लो दिन दुई अर्ब ९६ करोड ८४ लाख ८५ हजार रुपैयाँको सेयर कारोबार भएकोमा आज कारोबार रकम दुई अर्ब १७ करोड ८६ लाख ५५ हजार रुपैयाँ पुगेको छ।

आज कुल २२८ किसिमका धितोपत्र तथा ऋणपत्रको ६२ लाख ६३ हजार ३१० कित्ता सेयर किनबेच भएको छ। कारोबार भएका धितोपत्र तथा ऋणपत्रमध्ये १३३ वटाको मूल्य बढेको छ भने ७९ वटाको मूल्य घटेको छ। आज लाइफ इन्स्योरेन्स कर्पोरेसनको मूल्य वृद्धिमा सकारात्मक सर्किट ब्रेक लागेको छ। यसपछि सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको ९.९९ प्रतिशतले सेयर मूल्य बढेको छ ।

त्यस्तै, कारोबारमा आएका १३ उपसमूहहरूमध्ये आज बैंकिङ, म्युचल फन्ड र नन लाइफ इन्स्योरेन्स बाहेक सबैको मूल्य बढेको छ। आज सबैभन्दा धेरै फाइनान्सको २.७२ प्रतिशत, लाइफ इन्स्योरेन्सको २.६८ र विकास बैंकको २.११ प्रतिशतले बढेको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

सम्बन्धित खवर

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

नेप्से दोहोरो अंकले बढ्यो

सेयर बजार दोहोरो अंकले बढ्यो

Advertisment

छुटाउनुभयो कि? सबै

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो

नेप्से दोहोरो अंकले बढ्यो

सेयर बजार दोहोरो अंकले बढ्यो