११ साउन , काठमाडौं । इन्डोनेशियाको नीति अनुसन्धान केन्द्रका अनुसन्धानकर्ता छ्वै सीयाले इन्डोनेशियाका राष्ट्रपतिको चीन भ्रमण दुई पक्षका लागि आपसीयुक्त हितयुक्त र इन्डोनेशियाको विकासका लागि चीनको भ्रमण राम्रो अवसर हुने अनुमान गर्नुभयो। जुलाई २६ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङ र इन्डोनेशियाका राष्ट्रपति जोगो विडोडोबीचको भेटवार्ताले प्रशस्त उपलब्धि हासिल गरेको छ।
जोगो पेचिङ हिउँदे ओलम्पिक खेलकुदपछि चीनले स्वागत गरेको पहिलो विदेशी नेता हुनुहुन्छ। चीन पनि जोगोको पूर्वी एशियाली भ्रमणको पहिलो मुलुक हो। दुई मुलुकका नेताहरूले चीन र इन्डोनेशियाको भाग्य समुदायको साझा निर्माण तोक्नुभएको, दुई मुलुकका नेताहरूको संयुक्त वक्तव्य प्रकाशित, खोप र जीनको संयुक्त अनुसन्धान, हरित विकास, साइबर सुरक्षा क्षमताको निर्माण, समुद्रीआदि क्षेत्रहरूको सहयोगात्मक दस्तावेजमा हस्ताक्षर गर्नुभएको छ। रायटर्सले भने झैं यस पटकको भेटवार्ता “साझा विजय” भेटघाट हो।
आज चीन र इन्डोनेशिया यी दुबै मुलुक विकासको समान चरणमा रहेका छन्। दुई मुलुकको साझा हित र साझा भाषा छ। अन्तर्राष्ट्रिय मामिलामा दुई मुलकुको साझा अडान छ।
सन् २०१३ को अक्टोबरमा राष्ट्राध्यक्ष सीले इन्डोनेशियाको भ्रमण गर्नुभएको दौरान २१औँ शताब्दीको “समुद्री रेशमी मार्ग”को साझा निर्माण प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। चीन र इन्डोनेशियाको चीन र इन्डोनेशियाको “बेल्ट एण्ड रोड” निर्माणको सहयोगले स्पष्ट प्रगति हासिल गरेको छ।
जकार्ता-बान्डुङ द्रुग गतिको रेलमार्ग इन्डोनेशिया र दक्षिण-पूर्वी एशियाको पहिलो द्रुत गतिको रेलमार्ग हो। यो रेलमार्ग सन् २०२३ मा संचालन हुने भएको छ।
यस पटकको भेटवार्तामा राष्ट्रपति जोगोले “भाग्य समुदाय”, “आपसीयुक्त हित र साझा विजयी”, “सकारात्मक शक्ति”आदि शब्दहरूद्वारा चीन र इन्डोनेशियाको सम्बन्धको वर्णन गर्नुभएको छ।
साझा सपनाबाट हालको भाग्यको अस्तित्वसम्म विकास भएको चीन र इन्डोनेशियाले विकासोन्मुख मुलुकहरूको आपसीयुक्त हित र साझा विजयीको नमूनाको निरन्तर रुपमा सिर्जना गर्ने छन्। यस क्रममा सिर्जना गरिने राम्रो अवसर चीन र इन्डोनेशिया यी दुबै मुलुकको मात्र नभई एशिया र विश्वको छ।


