Comments Add Comment

Advertisment

SKIP THIS

ओलीलक्षित प्रचण्डको टिप्पणी-‘जनयुद्ध’ शब्द प्रयोग गर्दा जातै जाला जस्तो गर्नुहुन्छ (भिडिओ)

३० साउन , काठमाडौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै माओवादी ‘जनयुद्ध’ शब्द प्रयोग गर्दा जातै जाला जस्तो गरेको टिप्पणी गरेका छन् ।

 

टीआरसी विधेयक पारित गर्नुअघि प्रतिनिधिसभामा सम्बोधन गर्दै अहिलेपनि नेताहरु बोल्दा हिंसात्मक द्वन्द्व भएकोप्रति असन्तुष्टि जनाए ।

उनले भने, ‘अहिलेपनि नेताहरु बोल्दा हिंसात्मक द्वन्द्व भन्नुहुन्छ । माओवादी जनयुद्ध शब्द प्रयोग गर्यो भने जातै जाला जस्तो गर्नुहुन्छ । जबकी माओवादी जनयुद्ध भनेर संविधानमै लेखिएको छ । यसलाई हामी निष्कर्षमा पुर्याउँदैछौं । ति घटनामा हामीले गरेको छलफलहरु भएका सहमतिहरुलाई भुल्न हुँदैन ।’

प्रधानमन्त्री ओलीले टिआरसी विधेयकमा कार्यदलले सहमति जुटाएर प्रतिवेदन बुझाउँदा बोल्ने क्रममा प्रचण्डकै अगाडि हिंसात्मक द्वनद्व भनेका थिए । त्यसप्रति माओवादी नेता कार्यकर्ताले चर्को आलोचना गरेका थिए ।

जनयुद्धको राजनीतिक र वैचारिक इमान नै शान्ति प्रक्रियाको मुख्य कारण भएको जिकिर गरे ।

उनले थपे, ‘यदि जनयुद्ध ध्वंसात्मक मात्रै हुन्थ्यो भने संसरकै मोडेल शान्ति प्रक्रिया सम्भव हुने थिएन । त्यसैले अहिले हामी पछाडि फर्किने होइन, संविधान संशोधन र राजनीतिक स्थिरताको नाममा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment