Comments Add Comment

Advertisment

SKIP THIS

भोजपुर प्रहरीको सफलता : हत्या अभियोगमा जन्मकैद सजाय पाएका राई ३४ वर्षपछि पक्राउ

७ असोज , काठमाडौ । ३४ वर्षअघि भोजपुरमा एक पुरूषको हत्या गरी भागेका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय भोजपुरले आइतबार कर्तव्य ज्यान मुद्दामा फरार रहेका एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो।

भोजपुर साविक दोभाने गाविस-८ घर भएका चक्रबहादुर राईलाई प्रहरीले पक्राउ गरेको जील्ला प्रहरी कार्यालयका डिएसपी सुदीपराज पाठकले जानकारी दिए। उनी अहिले ६१ वर्षका भए। हत्या गर्दा उनी २७ वर्षका थिए।

उनले २०४६ कात्तिक १७ गते २७ वर्षीय बद्रीकुमार राईको हत्या गरेको आरोप छ। बद्रीकुमार वडा नम्बर ७ का तत्कालीन वडाध्यक्ष रामनाथ राईको घरमा सुतिरहेका थिए। बद्रीकुमार वडाध्यक्षको घरमा सुतिरहेको थाहा पाएपछि चक्रबहादुरसहित चार जनाको समूह उक्त घरमा पसेर घरेलु हतियारले बद्रीकुमारका विभिन्न अंगमा प्रहार गरी गम्भीर घाइते बनाएको डिएसपी पाठकले बताए। गम्भीर घाइते बनाएपछि उनीहरूले बाँया हातसमेत छिनाएर लगेका थिए। बद्रीकुमारलाई अस्पताल लैजाँदै गर्दा मृत्यु भएको थियो।

त्यसयता चक्रबहादुरसहितको समूह फरार थियो। यस मुद्दामा मृतकका परिवारले चक्रबहादुरसहित चार जनाविरूद्ध जाहेरी दिएका थिए। अनुसन्धान हुँदा २०६० जेठ २७ गते जिल्ला अदालतले उनीहरूलाई सर्वस्वसहित जन्म कैद सजाय ठहर गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

Advertisment