Comments Add Comment

Advertisment

SKIP THIS

राप्ती नदी किनारमा पुरुषको शव भेटियो, हत्या गरेको आशंका

६ फागुन, काठमाण्डौं । दाडको देउखुरीस्थित राप्ती नदी किनारमा एक पुरुषको शव फेला परेको छ । राप्ती गाउँपालिका वडा नम्बर ३ बसन्तपुर निवासी ५४ वर्षिय ल्यापटेन चौधरीको गढवा गाउँपालिका वडा नम्बर २ स्थित राप्ती नदी किनारमा मृत अवस्थामा शब फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । मृतक पुरुषको शरीरका विभिनन् भागमा चोटपटक देखिएको छ भने उनको हत्या भएको हुनसक्ने आशंका गरिएको छ ।

गत फागुन १ गते देखि हराइरहेका उक्त पुरुषका राप्ती नदी किनारमा शब फेला परेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द प्रसाद रिजालले जानकारी दिए। यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment

छुटाउनुभयो कि? सबै

खुकुरी प्रहार गरी हत्या

हत्या आरोपमा युवक पक्राउ

जनकपुरमा एक युवक मृत फेला, हत्याको आशंका