Comments Add Comment

Advertisment

SKIP THIS

४ वर्षीय बालकको हत्या आरोप लागेका दम्पती पुर्पक्षका लागि थुनामा

१५ मंसिर काठमाडौ । धनुषाको गणेशमान चारनाथ नागरपालिका–११ मा ४ वर्षीय बालकको हत्या आरोपमा दम्पतीलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

जिल्ला अदालत धनुषाको आदेशले जाकिर मलङ्ग र नुरेजा खातुनलाई पुर्पक्षका लागी थुनामा पठाइएको जिप्रका धनुषाका प्रवक्ता (डिएसपी) जितेन्द्र बस्नेतले बताए । गणेशमान चारनाथ नगरपालिका– ११ डिलटोल घर भएका उनीहरुलाई कारागार कार्यालय सिन्धुलीमा थुनामा पठाइएको हो ।

जाकिर मलङ्ग दम्पतीले ४ वर्षका बालक मोहम्मद अरमान राईनको हत्या गरेको आरोप छ । कार्तिक ९मा गणेशमान चारनाथ नगरपालिकास्थित आमा जुमैदा खातुनसँग मामाघरमा विवाहमा गएका बालकको हत्या भएको थियो ।

भारतमा विवाह गरेकी जुमैदा खातुन छोरालाई लिएर माइतिघरमा विवाहमा भएकी थिएन् । स्वास्थ्य समस्या भएर मेडिकलमा पुगेर फर्किंदा छोरा बेपत्ता भएपछि परिवार र आफन्तले खोजी गरेका थिए । भोलिल्ट कात्तिक १० मा बालकको शव माछापोखरीमा फेला परेको थियो ।

जाकिर मलङ्ग र नुरेजा खातुनले बालकलाई फकाएर एकान्तमा लगेर हत्या गरेपछि गणेशमान चारनाथ नगरपालिका–२ स्थित लाल बिहारी महतोको माछा पोखरीमा फालेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । हत्या आरोपमा प्रहरीले दम्पतीलाई कार्तिक १६ मा पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment