Comments Add Comment

Advertisment

SKIP THIS

राष्ट्रपति भण्डारीद्वारा मुक्तिनाथको दर्शन

१८ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको आज बिहान दर्शन गरेकी छन् ।

उनले मन्दिर परिसरमा रहेका एक सय ८ धाराको परिक्रमासँगै मन्दिरमा विशेष पूजाआजा गरेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए।

राष्ट्रपति भण्डारीले मुक्तिनाथ मन्दिर परिसरमा निर्मित भगवान् गौतमबुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको मूर्ति शिलान्यास गर्ने कार्यक्रम छ ।

राष्ट्रपतिबाट मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि शुभारम्भ गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै