Comments Add Comment

Advertisment

SKIP THIS

रामेछाप लेकखर्क पहिरो : दुई जनाको मृत्यु, ८ बेपत्ता

९ भाद्र , काठमाडौ । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका वडा नम्बर ३ लेकखर्कमा पहिरोले पुरिँदा दुई जनाको मृत्यु भएको छ भने ८ जना बेपत्ता भएका छन् ।

वडा नम्बर २ र ३ को सीमाक्षेत्र भएर खसेको पहिरोले तीनवटा घर बगाएको थियो । सोही पहिरोमा परी उनीहरुको मृत्यु भएको हो । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेश महतोबा अनुसार वडा नम्बर ३ र २ को सिमानामा पहिरो जाँदा ३ वटा घर बगेका छन् भने केही घरहरूमा क्षति पुगेको छ ।

अहिलेसम्म दुईवटा शव निकालिएको र त्यसमा १ जना बालक रहेका उनले बताए । घटनास्थलमा सुरक्षाकर्मी परिचालन भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Young Voices, Green Choices: Kamal Pokhrel Ignites Earth Day Action in Chandragiri Ward-13

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै