५ श्रावन ,काठमाडौ । महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरका इन्स्पेक्टर रामकृष्ण देवकोटाले प्रत्येक सार्वजनिक बसभित्र गई यात्रु सँग भाडाको विषयमा के कति भनेर सोधपुध लिई भाडा बढी लिने सार्वजनिक बसलाई कारबाही समेत गरेका छन् ।

ट्राफिक नियम तथा पिडित भए गुनासो कहाँ भन्ने विषयमा समेत ट्राफिक प्रहरीले यात्रुलाई जानकारी गराउने निरिक्षक देवकोटाले बताए ।
अहिले उपत्यकाका ठाउँ ठाउँमा ट्राफिक प्रहरीले जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आएको छ । तोकिए भन्दा बढी भाडा लिए महाशाखाको निःशुल्क फोन नं १०३ मा खबर गर्न समेत ट्राफिक महाशाखाले अनुरोध गरेको छ ।

भाडा बढेको भन्दै काठमाडौका विभिन्न रुटमा संचालन हुने सार्वजनिक सवारीसाधनले जथाभावी भाडा असुल्न थालेपछि ट्राफिक महाशाखाको निर्देशनमा उपत्यकाका विभिन्न ठाउँमा साधा तथा पोशाकका ट्राफिक प्रहरीले विषेश निग्रानी सुरु गरेका छन् । सार्वजनिक यातायाताले मनोमानी भाडा लिएको गुनासो धेरै आएपछि प्रहरीले अनुगमनलाई तिब्रता दिएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जनचेतनामूलक अभियानहरू सँगै विभिन्न टिम बनाएर भाडा दर बढि लिने सवारीसाधनलाई निग्रानी गरिरहेको बताए ।
भट्टराईका अनुसार यातायात व्यवस्था विभागले एउटा प्रदेशबाट अर्को प्रदेशमा जाने सवारी साधनमा भाडा बढाए पनि स्थानीय रुटमा भाडा बढाएको होइन ।तर व्यवसायीले राजधानीमै मनोमानी ढंगले बढि भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरीले ठाउँको ठाउँ समाउने र मुद्दा समेत चलाउने गरेको छ ।







