Comments Add Comment

Advertisment

SKIP THIS

३० अंकले सुधारियो नेप्से

३० चैत , काठमाडौं । सेयर बजार परिसूचक नेप्सेमा आज सुधार आएको छ ।

आज नेप्से ३०.२४ अंकले बढेर २४१५.२४ कायम भयो । यसदिन कारोबार भएका सबै उपसूचकमा सुधार आए पनि कारोबार भने सुधारिएन । यसदिन २२९ कम्पनीको ३३ लाख ९८ हजार कित्ता सेयर एक अर्ब ४७ करोड रुपैयाँबराबरमा खरिद–बिक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

बुधबार पनि नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्य १० प्रतिशतले बढ्यो । यसदिन १६४ कम्पनीको सेयर भाउ बढ्यो । २५ कम्पनीको सेयर भाउ घट्यो । ६ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै